एक जूगको एक दिन

करीब ७ दशक लामो जनचाहनाले मूर्तरुप लिएको यो दिन एक जूगको एक दिन भएर दर्ज भएको छ । नेपाली जनताले लामो समयदेखि गर्दै आएको अधिकार प्राप्तिको आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गरेको यो अवसर सबै नेपालीको खुसीको दिन हो । संविधान ढुंगाको, ढुंगामा लेखिएको अक्षर होइन, अतः यसमा नसमेटिएका, नसमेट्न नसकिएका कुराहरुलाई फेरी पनि संशोधन माफर््त् धेरै कुराहरुको सम्बोधन गर्ने बाटो खुला छ । यहि बाटोबाट अब आगामि मागहरुलाई वैधानिकता दिनु जरुरी हुनेछ ।हुन त व्यक्तिगत रुपमा मैले केही पाउँछु, पाउँदिन तर खै किन हो किन यो आजको दिनले रोमाञ्चकता थपेको छ । कुनै समय यस्तो होस् जसले शरीरका कणकणमा नयाँ हलचल होस्, कुनै नयाँ जागिरमा सेटल भए जस्तो, कुनै नयाँ व्यापारमा लागेजस्तो । शरीरभरी अभूतपूर्व तरङ्ग । वेजोड किसिमको करेन्ट प्रवाह भएको छ । निकै पछि यस्तो किसिमको महसूस भएको छ । २०६२।०६३को जनआन्दोलन सफल भएको दिनहरुमै जस्तो नयाँ किसिमको जोश शरीरका अभयमहरुमा प्रवाहित भएका छ । माथी नै भने यसले व्यक्तिग

त जीवनमा केही फरक पर्ला नपर्ला तर के होला भन्ने नयाँ आशा अन्तरआत्मादेखि लागेको छ ।राज्यसत्ताले विगत लामो समयदेखि बहिष्कणमा राखेको वर्ग, समुदायको हकहितको लागि यो अत्यन्तै महत्वपूर्ण अवसर हो जस्तो लाग्दछ । विगतका हाम्रो देशका संविधान भन्दा धेरैहदसम्म क्रान्तिकारी र युगान्तकारी छ । विगतका संविधानभन्दा कयौं गुण युगान्तकारी भएपनि यसको कार्यान्वयन पक्षलाई अब हामीले मिहिन ढङ्गले हेर्नु पर्दछ । जब यसले व्यवहारमा कार्यान्वयन हुन्छ तब यसको साथकता बल्ल पुरा हुनेछ । मलाई लाग्छ, मेरो व्यक्तिगत रहर र चाहनाभन्दा समग्र देशको आवश्यकता ठूलो हो । मैले अनेकै कुरालाई गुमाएर पनि देशलाई केहि दिनसकु भन्ने अभिलासा भएकै कारण मैले व्यक्तिगत असहमति भएपनि नयाँ संविधानलाई हृदयदेखिनै स्वागत गर्दछु । यो अभूतपूर्व दिने सबै नेपालीको दिलदिलमा, मनमनमा खुसी छाएर जाओस् । नयाँ संविधान लागू भएपछि देशले अब विकासको बाटोमा लम्कोस्, आर्थिक क्रान्तिको बाटोमा लम्कोस्, म जस्तो युवाहरु आप्mनो उर्जाशील समय यहि माटोमा सिञ्चित गर्ने अवसर प्राप्त गरुन् । प्रत्येक नेपालीले अपनत्व महसुस् गरुन् । रोजगारीका नयाँ नयाँ अवसरहरु प्राप्त होस् । देशले उन्नतीको बाटो समाओस् अनि शान्तिपूर्ण वातावरणमा रोजगारीमुखि, गुणात्मक, व्यवहारीक अनि वैज्ञानिक शिक्षा प्राप्त गर्ने अवसर प्राप्त गरुन् ।नयाँ नेपाललाई हार्दिक स्वागत् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *