नेप्सेमा झण्डै ७६ अंकको गिरावट

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकमा आइतबार करिब ७६ अंकले घटेर २ हजार ५ सय ७२.२२ बिन्दुमा ओर्लेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो २.८६ प्रतिशतको गिरावट हो ।

बजार खुलेदेखि नै ओरोलो लागेको बजारले अन्त्यसम्म पनि सोही प्रवृत्ति पछ्याएपछि समग्र नेप्सेमा भारी गिरावट आएको हो ।

सो दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले घटेको हो । तीमध्ये पनि जलविद्युत, होटेल्स तथा टुरिजम उपसमूहका लगानीकर्ताले धेरै नोक्सानी बेहोरेका छन् ।

आइतबार करिब १ लाख ४ हजार कारोबारबाट २ सय १५ कम्पनीका १ करोड ४६ लाख ९० हजार कित्ता सेयर किनबेच भएका छन् । ती किनबेचमा ७ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

(Copied from ekantipur.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *