समाचार

अष्ट्रेलियामा नेपाली वैज्ञानिक राजु अधिकारी र पोलीमर प्रविधि
विश्व, समाचार

अष्ट्रेलियामा नेपाली वैज्ञानिक राजु अधिकारी र पोलीमर प्रविधि

सधै सबैसँग मिठो बोल्ने र हँसिलो मुहारमा रम्ने नेपाली मुलका अस्ट्रेलियन वैज्ञानिक डा. राजु अधिकारीलाई जो कोहीले पनि जान्न र बुझ्न हम्मेहम्मे पर्छ। अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफीक इन्ड्रस्ट्रीयल रिसर्च अर्गनाइजेशन (सीएसआईआरओ) का वैज्ञानिक अधिकारीले २८ वर्षदेखि आफ्नो ज्ञान र सिपलाई तिखार्दै अस्ट्रेलियाको पोलिमर प्रविधिमा आफ्नो दक्षता प्रमाणित गरिसकेका छन्। जो कोहीसँग पनि मुसुक्क हाँस्ने र सम्बन्ध गाँस्न रूचाउने डा. राजु सहजताका खानी नै हुन्। सन् १९९५ देखि सीएसआईआरओमा प्रिन्सीपल रिसर्च साइन्टीष्टको भूमिकामा रहेका डा. राजुले आफूलाई अब्बल साबित गर्दै आएका छन्। त्यसपछि विभिन्न प्रविधि विकास गर्दै जाने क्रममा हाल डा.राजु सोही  सीएसआईआरओमा मानव विज्ञका रूपमा कार्यरत छन्। वैज्ञानिक श्रीलंकन डा. पथिराजा गुणतिलक र डा राजु नेतृत्वको टिमले पोलिमर प्रविधि (ईलास्ट-ईन TM) बाट मानव अंग प...
नेप्सेमा झण्डै ७६ अंकको गिरावट
अर्थ-वाणिज्य, समाचार

नेप्सेमा झण्डै ७६ अंकको गिरावट

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकमा आइतबार करिब ७६ अंकले घटेर २ हजार ५ सय ७२.२२ बिन्दुमा ओर्लेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो २.८६ प्रतिशतको गिरावट हो । बजार खुलेदेखि नै ओरोलो लागेको बजारले अन्त्यसम्म पनि सोही प्रवृत्ति पछ्याएपछि समग्र नेप्सेमा भारी गिरावट आएको हो । सो दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले घटेको हो । तीमध्ये पनि जलविद्युत, होटेल्स तथा टुरिजम उपसमूहका लगानीकर्ताले धेरै नोक्सानी बेहोरेका छन् । आइतबार करिब १ लाख ४ हजार कारोबारबाट २ सय १५ कम्पनीका १ करोड ४६ लाख ९० हजार कित्ता सेयर किनबेच भएका छन् । ती किनबेचमा ७ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । (Copied from ekantipur.com) ...
मुख्यमन्त्री शाहीलाई विश्‍वासको मत दिने चार जनालाई एमालेले प्रदेश सांसदबाट हटाउने
राजनीति, समाचार

मुख्यमन्त्री शाहीलाई विश्‍वासको मत दिने चार जनालाई एमालेले प्रदेश सांसदबाट हटाउने

काठमाडौँ — कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई नेकपा एमालले पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी दसौं महाधिवेशन आयोजक कमिटी बैठकले फ्लोर क्रस गर्ने चार जनालाई पार्टी सदस्य र सांसद पदबाट कारबाही गर्ने निर्णय गरेको हो ।  एक केन्द्रीय सदस्यका अनुसार प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । साथै बैठकको यो निर्णय यो निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सभामा पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ । ज्वाला केन्द्रीय सदस्य थिए भने अन्य ४ जना प्रदेश कमिटी सदस्य थिए । सांसद देवी ओलीले भने भूलवश फ्लोर क्रस गरेपछि सच्याए भन्दै आगामी दिनमा पार्टीको निर्णय मान्ने जवाफ पेस गरेपछि उनलाई थप स्पष्टीकरण सो...
एमालेमा कारबाही सुरु
राजनीति, समाचार

एमालेमा कारबाही सुरु

(Copied from ekantipur.com) कर्णालीका चार सांसद निष्कासित, नेपाल पक्षका नेता हटाएर स्थायी कमिटी गठन काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग असहमति राखेर समानान्तर गतिविधि गरिरहेका अर्को पक्षका नेताहरूलाई ‘कडा कारबाही’ गर्ने सिलसिलाको सुरुआत गरेका छन् । यसअघि चैत ८ मा एउटै नेतालाई तीन पटकसम्म स्पष्टीकरण सोधेका ओलीले विपक्षी धारका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही थालेका हुन् । गत वैशाख ३ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फेल गराउन फ्लोर क्रस गरेका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेले शुक्रबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । यसलाई ओली नेतृत्वको एमालेले कडा कारबाहीको रूपमा व्याख्या गरेको छ । १० औं महाधिवेशन आयो...
मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर
विज्ञान प्रविधि, समाचार

मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर

काठमाडौँ — अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल भएको छ । योसँगै पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान इन्ज्युनिटी बनेको हो ।  पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो हो । सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको थियो । मार्स हेलिकप्टर मिसनकी प्रोजेक्ट म्यानेजर मिमि युङले पहिलो टेस्ट फ्लाइट सफल भएको बताउँदै नासाको जेट प्रोपुल्सन ल्याबोरेटरीलाई धन्यवाद दिएकी छन् । उनले खुसी हुँदै भनिन्, 'पृथ्वीमा पहिलो पटक राइट दाजुभाइले विमान उडाउँदाको क्षणबारे हामी सधैं कुरा गरिरहन्छौं । मंगल ग्रहको यो उडान पनि त्यस्तै हो । ' हेलिकप्टर उडेको तस्बिर पनि नासाले सार्वजनिक गरेको छ । एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि ना...
एक जूगको एक दिन
समाचार

एक जूगको एक दिन

करीब ७ दशक लामो जनचाहनाले मूर्तरुप लिएको यो दिन एक जूगको एक दिन भएर दर्ज भएको छ । नेपाली जनताले लामो समयदेखि गर्दै आएको अधिकार प्राप्तिको आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गरेको यो अवसर सबै नेपालीको खुसीको दिन हो । संविधान ढुंगाको, ढुंगामा लेखिएको अक्षर होइन, अतः यसमा नसमेटिएका, नसमेट्न नसकिएका कुराहरुलाई फेरी पनि संशोधन माफर््त् धेरै कुराहरुको सम्बोधन गर्ने बाटो खुला छ । यहि बाटोबाट अब आगामि मागहरुलाई वैधानिकता दिनु जरुरी हुनेछ ।हुन त व्यक्तिगत रुपमा मैले केही पाउँछु, पाउँदिन तर खै किन हो किन यो आजको दिनले रोमाञ्चकता थपेको छ । कुनै समय यस्तो होस् जसले शरीरका कणकणमा नयाँ हलचल होस्, कुनै नयाँ जागिरमा सेटल भए जस्तो, कुनै नयाँ व्यापारमा लागेजस्तो । शरीरभरी अभूतपूर्व तरङ्ग । वेजोड किसिमको करेन्ट प्रवाह भएको छ । निकै पछि यस्तो किसिमको महसूस भएको छ । २०६२।०६३को जनआन्दोलन सफल भएको दिनहरु...
कक्षा १२ को नतिजा सार्वजनिक, ४८.१७ प्रतिशत उत्तीर्ण
शिक्षा, समाचार

कक्षा १२ को नतिजा सार्वजनिक, ४८.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ४८.१७ प्रतिशत उत्तीर्ण | फरकधारसमाचारकक्षा १२ को नतिजा सार्वजनिक, ४८.१७ प्रतिशत उत्तीर्ण द्वारा फरकधार
पानी धेरै परेर मात्रै होइन तराई डुबेको
प्रदेश, समाचार

पानी धेरै परेर मात्रै होइन तराई डुबेको

पानी धेरै परेर मात्रै होइन तराई डुबेको | फरकधारप्रमुख समाचारबिचार/विश्लेषणपानी धेरै परेर मात्रै होइन तराई डुबेको द्वारा फरकधा