मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने चार जनालाई एमालेले प्रदेश सांसदबाट हटाउने
काठमाडौँ — कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार सांसदलाई नेकपा एमालले पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी दसौं महाधिवेशन आयोजक कमिटी बैठकले फ्लोर क्रस गर्ने चार जनालाई पार्टी सदस्य र सांसद पदबाट कारबाही गर्ने निर्णय गरेको हो ।
एक केन्द्रीय सदस्यका अनुसार प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । साथै बैठकको यो निर्णय यो निर्णय कार्यान्वयनका लागि कर्णाली प्रदेश सभामा पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ ।
ज्वाला केन्द्रीय सदस्य थिए भने अन्य ४ जना प्रदेश कमिटी सदस्य थिए । सांसद देवी ओलीले भने भूलवश फ्लोर क्रस गरेपछि सच्याए भन्दै आगामी दिनमा पार्टीको निर्णय मान्ने जवाफ पेस गरेपछि उनलाई थप स्पष्टीकरण सो...




