सुनकोसीको सुसेली
(copied from https://ekantipur.com/) सम्भ्रान्तलाई फलिफाप, सीमान्तलाई अभिशाप !
लोकतान्त्रिक पार्कमा लोकतन्त्र प्राप्तिको संघर्षका लागि भएका कथा झल्किने कलाकृति ! लोकतन्त्र प्राप्तिका लागि गरिएको संघर्षका श्रव्य र दृश्य प्रदर्शनी !
बुसान डेमोक्रेसी फोरममा भाग लिन तीन वर्षअघि दक्षिण कोरिया जाँदा यस्तो दृश्य देखियो, जसको सन्देश थियो— ‘लोकतन्त्रप्रति हामीलाई गौरव छ । र, यो हाम्रो जीवनको अभिन्न अंग हो ।’ लोकतन्त्रप्रति मान्छेमा देखिएको विश्वास–समर्पणको निष्कर्ष थियो– लोकतन्त्र मानिसहरूको ‘जीवन पद्धति’ बनेको छ ।
लोकतन्त्र प्राप्तिको हाम्रो संघर्ष कोरियाको लामो र गौरवमय छ । हामीले लोकतन्त्रका लागि तीनवटा जनआन्दोलन, तीन सशस्त्र विद्रोह र कैयौं सामाजिक आन्दोलन गरेका छौं । तर लामो संघर्ष, बलिदानपश्चात् प्राप्त लोकतन्त्रप्रति हामीमा गौरव, सम्मान, निष्ठा, समर्पणभाव छ त ? कोरिया र नेपालको लोक...


